शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीले टिकट दिए काठमाडौंको मेयरमा फेरि उठ्न तयार छु : विद्यासुन्दर शाक्य

शुक्रबार, ०४ चैत २०७८, १६ : २४
शुक्रबार, ०४ चैत २०७८

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको बताएका छन् । ‘पार्टीले जे निर्णय गर्छ त्यो मान्न तयार छु, यदि पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा मलाई नै आवश्यक ठान्यो भने म तयार छु,’ शाक्यको भनाई छ । 

शुक्रबार महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफुले वसन्तपुरमा राष्ट्रिय झण्डा राख्न खोज्दा काँग्रेसले राजनीति गरेको दाबी गरे । उनले भने, वसन्तपुरमा   झण्डा राख्न खोज्दा काँग्रेसले झण्डामा सूर्य चिन्ह रहेको रहेको भन्दै चुनाव अघि नराख्न दबाब दियो ।’ प्रमुख शाक्यले आफुले जनताको मन मनमा पुग्नेगरी काम गरेको दाबी गरे ।

उनले भने, ‘जनताको मन छुने, महानगरबासीको दैनिकी सँग जोडिने काम पनि गरेको छु, यो अवधिमा धेरै परिणाममुखी काम भएको र त्यसले जनता खुसी हुँदा म पनि खुसी भएको छु ।’  फरक प्रसंगमा शाक्यले स्थानीय तहको उम्मेदवारका लागि राजीनामा दिनुपर्ने आयोगको आचारसंहिता प्रति आपत्ति जनाए । उनले भने, ‘जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भन्ने बिषयले आयोगप्रतिको विश्वास  घटेको छ ।’

शाक्यले नगर कार्यपालिका र नगरसभाको निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै राम्रो काममा आफुले जस लिने र नराम्रो गरे बाहिरिन नमिल्ने बताए । उनले भने, ‘धरहराको काम अहिले पनि जारी रहेको छ, केपी ओली वा शेरबहादुर देउवाले जस लिने भन्ने प्रश्न उठ्यो । ओलीले बनाएको झिल्के टावर भत्काउने भनेर उपमेयर हिँडेको भन्दै विवादित कुरा आए, अब त्यस्तो गरेर हिँड्न हुँदैन ।’

उनले ओलीले बनाएको योजनाअनुसार अहिलेको सरकारले काम गरिरहेको भन्दै गलत काम भएको हो भने धरहरा निर्माणको काम रोक्न चुनौती समेत दिए ।   उनले महानगरका काम संयुक्त रुपमा सहमतिबाट नै हुने गरेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप