निर्वाचन आयोगको आचारसंहिता : जसपा नेताको मिश्रित प्रतिक्रिया
जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान तय गरेको बारे फरक(फरक धारणा व्यक्त गरेका छन् ।
पार्टीका नेता डा। सूर्यनारायण यादवले यो विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले आफ्नो व्यक्तिगत विचारमा आयोगको आचारसंहिता गलत भएको तर्क गरे ।
स्थानीय तहका बहालवाला पदाधिकारीको पदको म्याद आफै सकिने भन्दै चुनावमा उम्मेदवारी दिनुपर्ने भएकै कारण राजीनामा दिनु व्यावहारिक रूपमा अप्ठेरो विषय भएको उनको भनाइ छ । जनप्रतिनिधिलाई योजनागत हिसाबले काम गर्ने वातावरण पनि नहुने उनले बताए ।
जसपा नेतृ अमृतादेवी अग्रहरीले भने आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको प्रशंसा गरेकी छन् । ‘यस विषयमा हाम्रो पार्टीले आधिकारिक धारणा तय गर्ला, तर मलाई आयोगको स्थानीय तह चुनाव आचारसंहिता ठिक लाग्यो । एउटा व्यक्ति सधै जनप्रतिनिधि हुन सक्दैन र मिल्दैन पनि । यदि उम्मेदवारी दिने हो भने उसले राजीनामा दिएर अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण