आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगको आचारसंहिता : जसपा नेताको मिश्रित प्रतिक्रिया

शुक्रबार, ०४ चैत २०७८, १६ : ३५
शुक्रबार, ०४ चैत २०७८

जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान तय गरेको बारे फरक(फरक धारणा व्यक्त गरेका छन् । 

पार्टीका नेता डा। सूर्यनारायण यादवले यो विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले आफ्नो व्यक्तिगत विचारमा आयोगको आचारसंहिता गलत भएको तर्क गरे । 

स्थानीय तहका बहालवाला पदाधिकारीको पदको म्याद आफै सकिने भन्दै चुनावमा उम्मेदवारी दिनुपर्ने भएकै कारण राजीनामा दिनु व्यावहारिक रूपमा अप्ठेरो विषय भएको उनको भनाइ छ । जनप्रतिनिधिलाई योजनागत हिसाबले काम गर्ने वातावरण पनि नहुने उनले बताए । 

जसपा नेतृ अमृतादेवी अग्रहरीले भने आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको प्रशंसा गरेकी छन् । ‘यस विषयमा हाम्रो पार्टीले आधिकारिक धारणा तय गर्ला, तर मलाई आयोगको स्थानीय तह चुनाव आचारसंहिता ठिक लाग्यो । एउटा व्यक्ति सधै जनप्रतिनिधि हुन सक्दैन र मिल्दैन पनि । यदि उम्मेदवारी दिने हो भने उसले राजीनामा दिएर अगाडि बढ्नुपर्छ,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप