विप्लव नेतृत्वको नेकपाको बैठक एक घण्टा बसेर स्थगित
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटि बैठक एक घण्टा बसेर स्थगित भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो ।
शुक्रबारको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिए । ‘महासचिवको डकुमेन्ट अध्ययन गर्न बैठक शनिबार बस्ने गरी स्थगित भएको छ’, जिसीको भनाइ छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपयोग वा बहिष्कार भन्नेबारे बैठकले निर्णय गर्नेछ । शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ७ मध्ये ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो ।
गत २६ फागुनमा सम्पन्न सो पार्टीको सचिवालय बैठकमा महासचिव विप्लवले चुनाव उपयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावमा केही नेताले फरक मत राखेपछि यसबारे पार्टीमा बहस चर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण