भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजार नयाँ सङ्क्रमित

भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको पाइएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६३ हजार १७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
ती मध्ये एक लाख ६३ हजार १६५ जना आन्तरिक रूपमै सरेर सङ्क्रमित भएका हुन भने नौ जना मात्रै देश बाहिरबाट सङ्क्रमित भएका हुन् ।
नयाँ सङ्क्रमितहरूको देशभरका ६२ ठाउँका रहेका छन् । कोरोनाभाइरसको महामारीको मुख्य केन्द्र भने राजधानी हनोई नै भएको छ । नयाँ सङ्क्रमित मध्ये २३ हजार ५७८ जना त हनोईमा मात्रै भेटिएका हुन ।
त्यसपछि दोस्रो धेरै सङ्क्रमित एनघे प्रान्तमा रहेका छन । जहाँ पछिल्लो एक दिनमा नौ हजार ९८६ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ७३ लाख ६७ हजार ११२ पुगेको छ । ती मध्ये ४१ हजार ७४० जनाको मृत्यु भएको छ ।
दक्षिणपूर्वी एसियाली यस मुलुकमा कुल सङ्क्रमित मध्ये ३८ लाख ६१ हजार ९५९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।
देशभरी खोप अभियान तीब्र रुपमा चलाइएको र महामारी न्यूनिकरणका अन्य उपायहरू समेत अपनाइएको भएपनि सङ्क्रमितहरूको सङ्ख्या भने तीब्र रुपमा बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झगडै झगडामा ढुङ्गाले टाउकोमा हानेर श्रीमतीको हत्या
-
‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर