भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजार नयाँ सङ्क्रमित
भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको पाइएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६३ हजार १७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
ती मध्ये एक लाख ६३ हजार १६५ जना आन्तरिक रूपमै सरेर सङ्क्रमित भएका हुन भने नौ जना मात्रै देश बाहिरबाट सङ्क्रमित भएका हुन् ।
नयाँ सङ्क्रमितहरूको देशभरका ६२ ठाउँका रहेका छन् । कोरोनाभाइरसको महामारीको मुख्य केन्द्र भने राजधानी हनोई नै भएको छ । नयाँ सङ्क्रमित मध्ये २३ हजार ५७८ जना त हनोईमा मात्रै भेटिएका हुन ।
त्यसपछि दोस्रो धेरै सङ्क्रमित एनघे प्रान्तमा रहेका छन । जहाँ पछिल्लो एक दिनमा नौ हजार ९८६ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ७३ लाख ६७ हजार ११२ पुगेको छ । ती मध्ये ४१ हजार ७४० जनाको मृत्यु भएको छ ।
दक्षिणपूर्वी एसियाली यस मुलुकमा कुल सङ्क्रमित मध्ये ३८ लाख ६१ हजार ९५९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।
देशभरी खोप अभियान तीब्र रुपमा चलाइएको र महामारी न्यूनिकरणका अन्य उपायहरू समेत अपनाइएको भएपनि सङ्क्रमितहरूको सङ्ख्या भने तीब्र रुपमा बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण