कविता : के अब सधैँ विदेशीकै भर ?
शनिबार, ०५ चैत २०७८, ०७ : २१
विदेशीले दिएजस्तो गरेको अनुदानमा
मुस्कुराउनु पर्ने हामी
उनीहरूकै सम्झौतामा टाउको
हल्लाउनु पर्ने हामी
अब भन्नुस् त त्यत्रो सर्वोच्च शिखरदेखि
कति तल झर्यौँ हामी
ठूल्ठूला राष्ट्रहरूको राजनीतिको
कस्तो चेपमा पर्यौँ हामी
हाम्रा नेताहरू के गर्छन्, के गर्छन्
जनतालाई थाहा हुँदाहुँदै भ्रम छर्छन्
अब त जता जता पार्छ अण्डा
उतै उतै दलहरूको भागबण्डा
स्वार्थपूर्तिमा गरेको गलत निर्णयले
भोलिको हाम्रो भविष्य के होला ?
यो देश र स्वाभिमानी देशवासीले
कति बोक्नु ऋणै ऋणको झोला
सडक बिजुली के के कहिले बन्ला ?
बन्यो भने विदेशीले मैले बनाइदिएँ भन्ला
त्यसमा हाम्रो माटोको सुगन्ध कहाँ छ र ?
के अब सधैँ सधैँ विदेशीकै पर्ने भर ?
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण