शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : के अब सधैँ विदेशीकै भर ?

शनिबार, ०५ चैत २०७८, ०७ : २१
शनिबार, ०५ चैत २०७८

विदेशीले दिएजस्तो गरेको अनुदानमा 
मुस्कुराउनु पर्ने हामी
उनीहरूकै सम्झौतामा टाउको
हल्लाउनु पर्ने हामी

अब भन्नुस् त त्यत्रो सर्वोच्च शिखरदेखि
कति तल झर्यौँ हामी
ठूल्ठूला राष्ट्रहरूको राजनीतिको
कस्तो चेपमा पर्यौँ हामी

हाम्रा नेताहरू के गर्छन्, के गर्छन्
जनतालाई थाहा हुँदाहुँदै भ्रम छर्छन्
अब त जता जता पार्छ अण्डा
उतै उतै दलहरूको भागबण्डा

स्वार्थपूर्तिमा गरेको गलत निर्णयले
भोलिको हाम्रो भविष्य के होला ?
यो देश र स्वाभिमानी देशवासीले
कति बोक्नु ऋणै ऋणको झोला

सडक बिजुली के के कहिले बन्ला ?
बन्यो भने विदेशीले मैले बनाइदिएँ भन्ला
त्यसमा हाम्रो माटोको सुगन्ध कहाँ छ र ?
के अब सधैँ सधैँ विदेशीकै पर्ने भर ?

हालः लस एन्जेलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप