आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ट्रयाक्टरबाट खस्दा भक्तपुरमा किशोरको मृत्यु

शनिबार, ०५ चैत २०७८, १० : १७
शनिबार, ०५ चैत २०७८

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा ट्रयाक्टरबाट खस्दा एक किशोरको मृत्यु भएको छ । उदयपुरको गाईघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बालुवा र सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट उनी शुक्रबार राति अन्दाजी ९ः२० बजे खसेका थिए ।

खस्दा गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा बाटैमा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनी सवार ट्रयाक्टर काठमाडौंबाट भक्तपुरतर्फ जाँदै थियो । घटनापछि ट्रयाक्टर चालक झापा कन्काई नगरपालिका–५ का २७ वर्षीय रोशन गुरुङ भने प्रहरी नियन्त्रणमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप