बायर्नको जितमा लेवान्डोस्कीको दुई गोल
साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा ७ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीमाथि ४–० गोलको सहज जित निकाल्दै आफूलाई उपाधि होडमा थप बलियो बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै किङ्ग्सले कोम्यान र तानग्युए निन्जोउले एक–एक गोल गरे । १६औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
२५औं मिनेटमा निन्जोउले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । लेवान्डोस्कीले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बायर्नको अग्रता ३–० को बनाए ।
पहिलो हाफमा तीन गोल गरेको बायर्नले दोस्रो हाफमा थप एक गोल गरेको हो । ४७ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै बायर्नलाई ४–० गोलको जित दिलाए ।
जितसँगै बायर्नले २७ खेलमा ६३ अंक जोडेर शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।
पराजित बर्लीन ३८ अंक जोडेर आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण