चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश
आइतबार, ०६ चैत २०७८, ०८ : १०
चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब चेल्सीले शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
मिडल्सब्रगको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक–एक गोल गरे ।
चेल्सीले दुबै गोल पहिलो हाफमा नै गरेको हो । पहिलो हाफको १५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । जितसँगै चेल्सीले सेमिफाइनलमा आफूलाई स्थापित गरेको छ ।
यता मिडल्सब्रगको एफए कप यात्रा सकिएको छ । यसअघि मिडल्सब्रगले म्यान्चेस्टर युनाइटेड र टोटेनहमलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण