एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका डीआईजी घनश्याम अर्यालले बढुवा समितीको निर्णय बिरुद्ध सुनुवाई सचिवालयमा उजुरी दिएका हुन् ।
चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा समितीले सिफारिस गरेका अधिकृतहरु आफूभन्दा जुनियर भएको हुनाले बढुवा बदर गर्न अर्यालले माग गरेका छन् ।प्रहरी प्रधान कार्यालयमा कार्यरत अर्यालले रातोपाटीसँग भने–‘बढुवा सिफारिसविरुद्ध उजुरी दर्ता गराउने प्रक्रियामा छु ।’
बढुवा सिफारिसमा छुटाइएका अर्याल मेरिट लिस्टको एक नम्बरमा थिए । उनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । अर्याल आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला–संस्कृति राष्ट्रको गौरव हुन्ः मन्त्री पाण्डे
-
विपद् जोखिम न्यूनीकरणबारे जेनेभामा सशस्त्रका महानिरीक्षकको सम्बोधन
-
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल