एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी
नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका डीआईजी घनश्याम अर्यालले बढुवा समितीको निर्णय बिरुद्ध सुनुवाई सचिवालयमा उजुरी दिएका हुन् ।
चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा समितीले सिफारिस गरेका अधिकृतहरु आफूभन्दा जुनियर भएको हुनाले बढुवा बदर गर्न अर्यालले माग गरेका छन् ।प्रहरी प्रधान कार्यालयमा कार्यरत अर्यालले रातोपाटीसँग भने–‘बढुवा सिफारिसविरुद्ध उजुरी दर्ता गराउने प्रक्रियामा छु ।’
बढुवा सिफारिसमा छुटाइएका अर्याल मेरिट लिस्टको एक नम्बरमा थिए । उनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । अर्याल आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण