विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’बजारमा
विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’विमोचन भएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो । पुस्तकको वरिष्ट साहित्यकारद्वय पूर्व प्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतिक्षा र महेश पौडेललगायतले संयुक्तरूपमा विमोचन गरेका हुन् ।
पुस्तक विमोचनपछि पूर्व प्रा. डा।. भट्टराईले विश्वविद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्मभएको बताए । उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा हर्षले विभोर भएको बताए । करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशिलता भएको उनको भनाइ थियो ।
समालोचक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे । समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउँने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए । समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त्त गर्न नसकेका आम वौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन् ।
त्यस्तै, अञ्जना वस्ती भट्टराईले लेखकमा गोविन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन् । साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौलाले एक सशक्त लेखकको जन्म भएकोमा बधाई दिए ।
लेखक विमल सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टरको अवलोकन र अनुभवपश्चात यो उपन्यास लेख्न सुरु गरेको बताए । आफू जापानिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ ।
पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण