राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर
आइतबार, ०६ चैत २०७८, १७ : ३९
नेपाल राष्ट्र बैंकले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारीमा प्रवक्ता समेत रहेका डा.गुणाकर भट्टलाई ल्याएको छ भने बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी देवकुमार ढकाललाई दिएको छ ।
यसअघि प्रवक्ता भट्ट बैंक सुपरिवेक्षण विभागमा रहेका थिए भने ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारीमा रहेका थिए । काम, कर्तव्य तथा जिम्मेवारीका हिसाबले निकै महत्वपूर्ण मानिएको नियमन विभागसँगै सुपरिवेक्षण विभाग निकै शक्तिशाली मानिन्छ ।
त्यस्तै हालैमात्र राष्ट्र बैंकले यसअघि कामू कार्यकारी निर्देशक रहेका विमलराज खनाललाई कार्यकारी निर्देशकमा पदोन्नति गरिएको समेत जनाएको छ । योसँगै खनाललाई गैर बैंकिङ सुपरिवेक्षण विभागको जिम्मेवारी समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाण्डेलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड
-
पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता : मन्त्री शर्मा
-
सुदूरपश्चिम सरकारको बजेट निर्माण कार्यतालिका प्रभावित
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै
-
वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ