भूमि आयोग चितवनले पायो पूर्णता
आइतबार, ०६ चैत २०७८, १८ : ५२
राष्ट्रिय भूमि आयोग चितवनले पूर्णता पाएको छ । आयोगका तीन जना सदस्यले सपथ ग्रहण गरेसँगै पूर्णता पाएको हो । आयोगको सदस्यहरु निर प्रसाद लामिछाने, लक्ष्मीकान्त दवाडी र महिला सदस्य बिमला मगर नियुक्त भएका छन् । उनीहरुले आज एक समारोहका बीच पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
उनीहरुलाई आयोगका अध्यक्ष बद्री तिमिल्सिनाले सपथ ग्रहण गराएका थिए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले अव्यवस्थित सुकुम्बासीको समस्या समाधान जटिल रहेको बताएका थिए ।
राजनैतिक आग्रह र पूर्वाग्रह नराखि सबै सुकुम्बासीहरूलाई जग्गा उपलव्ध गराउनु पर्ने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति प्रमुख डल्लाकोटीले कानुन अनुसार जग्गा प्राप्त गर्नेलाई सहज रुपमा जग्गा उपलव्ध गराउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण