आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महासंघका नवनिर्वाचित प्रतिनिधिले भेटे प्रधानमन्त्री, काठमाडौ घोषणा पत्रको बारेमा ब्रिफिङ

आइतबार, ०६ चैत २०७८, १९ : ५६
आइतबार, ०६ चैत २०७८

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई महासंघको हालै सम्पन्न २३औं साधारण सभाले गरेका २२ बुँदे घोषणा पत्रको निर्णयहरू बारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई फागुन २७ र २९ गते सम्पन्न साधारण सभापछि पहिलोपटक भेटेका हुन् ।

महासंघ प्रतिनिधिमण्डलले काठमाडौ घोषणा पत्र बारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ । जवाफमा प्रधानमन्त्री देउवाले हालै जारी भएको सार्वजनिक खरिद ऐनको एघारौं संशोधनमा आएको नियमले साना निर्माण व्यवसायीलाई नै फाइदा हुने गरी संशोधन गरेपनि केही त्रुटी रहेको र यसलाई तुरुन्तै संशोधन निर्माण व्यवसाय उद्योगलाई गतिशिल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यसलाई थप संशोधन गर्न सरोकारवालाहरुसँग छलफल गरी महासंघको घोषणा पत्र कार्यान्वयनका लागि प्रधानमन्त्री देउवाले आश्वासन दिए । महासंघले साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी भई निर्माण व्यवसायीहरूको हौसला बढाएकोमा प्रधानमन्त्री देउवा समक्ष आभार व्यक्त गरेको छ ।

महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा, उपाध्यक्ष प्रकाश बहादुर सेठी, महासचिव रोशन दाहाल, पूर्व उपाध्यक्ष टेक बहादुर सेठी  कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप