महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग
सोमबार, ०७ चैत २०७८, १२ : ०६
महालक्ष्मी विकास बैंकको साँफेबगर शाखाले सामाजिक स्थानीय श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच एक हजार र पाँच सय लिटरको एक÷एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको साँफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए ।
क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको उनको भनाइ छ ।
सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रविन्द्र बहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण