लागुऔषध र करणी मुद्दाका २ आरोपी पक्राउ
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध गाँजासहित पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ बस्ने २५ वर्षीय मनोज कुमारलाई आज प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा प्र ०३–०१–००६ ख १५१७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
करणी अभियोगमा पक्राउ
उता ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
खत्रीमाथि ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको आरोप छ ।
उक्त सूचना हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण