हामी हारे देश हार्छ, अरु हारेमा देश हार्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् । मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरे ।
लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनको भनाइ थियो ।
यसका लागि आक्रामक ढंगले गएर प्रतिक्रियावादीविरुद्ध जनतालाई आन्दोलित र संगठित गर्नुपर्नेमा उनले जोड दिए । उनले कार्यकर्ताहरुलाई भने, ‘हाम्राविरुद्ध षड्यन्त्र गर्ने, धाँधली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् ।’
उनले गठबन्धन होला र खाउँला भन्ने कुरा अहिले दिमागबाट हटाइदिन पनि आग्रह गरे । उनले भने, ‘यद्यपि हामी गठबन्धन विरोधी होइन, हामीले नै गठबन्धन बनाएको हो, गठबन्धनको रक्षा गर्न धेरै ठुलो त्याग गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो
-
विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
