बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एकदिवसीय र टी-ट्वान्टीका लागि खेलाडी घोषणा

मङ्गलबार, ०८ चैत २०७८, १९ : ४९
मङ्गलबार, ०८ चैत २०७८

घरेलु मैदानमा हुने पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको एकदिवसीय शृंखला र त्रिदेशीय ट्वान्टी २० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले घोषणा गरेको १५ दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले स्थान बनाउन सकेनन् । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एकदिवसीय र ट्वान्टी २० शृंखला मार्च २५ देखि अप्रिल चार सम्म चल्नेछ ।

नेपालले त्रिदेशीय शृंखलाअघि पिएनजीविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्नेछ । एकदिवसीय शृंखलाका लागि नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशासन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की रहेका छन् । 

ट्वान्टी २० शृंखलाका लागि घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीपनाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप