एकदिवसीय र टी-ट्वान्टीका लागि खेलाडी घोषणा
घरेलु मैदानमा हुने पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको एकदिवसीय शृंखला र त्रिदेशीय ट्वान्टी २० शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले घोषणा गरेको १५ दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले स्थान बनाउन सकेनन् । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एकदिवसीय र ट्वान्टी २० शृंखला मार्च २५ देखि अप्रिल चार सम्म चल्नेछ ।
नेपालले त्रिदेशीय शृंखलाअघि पिएनजीविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्नेछ । एकदिवसीय शृंखलाका लागि नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोम, सुशासन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की रहेका छन् ।
ट्वान्टी २० शृंखलाका लागि घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीपनाथ, लोकश बम, कुशल मल्ल र आदिल अन्सारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण