एआईजी बढुवा सिफारिस : समितिलाई लोकसेवा आयोगको पत्र
नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकोबारे लोकसेवाले जवाफ मागेको छ । बढुवा सिफारिस गर्ने निर्णय बिरुद्ध परेको उजुरी सुनुवाइका लागी बढुवा समितिसँग जवाफ मागिएको आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले रातोपाटीलाई बताए । बढुवा निर्णयविरुद्ध डीआइजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले आयोगमा उजुरी दिएका थिए ।
चैत १ मा गृहमन्त्रालयका सचिव टेकनाराण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिसमा परेका अधिकृत आफुहरुभन्दा जुनियर रहेको भन्दै उजुरीकर्ताले सो निर्णय बदर गर्न माग गरेका छन् ।
बढुवा समितिबाट जवाफ आएपछि उजुरी सुनुवाई समितिको बैठक बसेर त्यसबारे निर्णय गरिने लोकसेवा आयोगका अध्यक्ष रेग्मीले बताए । उनले भने–‘जवाफ आएपछि निर्णय लिन्छौं ।’ बढुवा सिफारिसमा छुटाइएका अर्याल मेरिट लिस्टको एक नम्बरमा थिए । उनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । अर्याल आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

