बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

बुधबार, ०९ चैत २०७८, १५ : ५०
बुधबार, ०९ चैत २०७८

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।

तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् । सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सिडिओ कवारीले जनएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप