भक्तपुरमा छैठौं औद्योगिक, सांस्कृतिक तथा पर्यटन मेला हुने
भक्तपुरमा छैठौं औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्या चैत्र २४ देखि वैशाख ४ सम्म मेला हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको थापाले जानकारी दिए । मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू हुने थापाले बताए ।
‘फेशन तथा नृत्य, औधोगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी हुनेछ,’ संयोजक थापाले भने ।
मेलामा २ सयभन्दा बढी स्टल राखिने र साइज अनुसार कम्तीमा ६ हजारदेखि १९ हजार ५ सय सम्म शुल्क लिएर स्थानीय व्यापारीहरूलाई समेत स्टल उपलब्ध गराइने औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले बताए ।
भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ । मेलामा करिब ३ लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ भने करिब ८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण