शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँमा ४६ घरपरिवारलाई लालपुर्जा वितरण

बुधबार, ०९ चैत २०७८, २१ : ०४
बुधबार, ०९ चैत २०७८

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तनहुँको गाउँब्लकमा रहेका भूमि बिहिनहरुलाई बुधबार जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरेकी छन् । तनहुँको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत काम भइरहेको बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् । मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताए ।

मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि सहिद, वेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम शुरु गर्न लागिएको पनि बताइन् ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवन, काठमाडौंको कीर्तिपुर नगरपालिका,  र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको गाउँब्लकमा रहेका भूमि बिहिनहरुलाई लालपुर्जा वितरण गरिसकेकी छन् ।
 
मन्त्री श्रेष्ठले मन्त्रालय समालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी घरपरिवारलाई लालपुर्जा वितरण गरि सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जा बिहिनहरुलाई लालपुर्जा वितरण अभियान तिब्र पारिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप