विपक्षी दलका भ्रमलाई काँग्रेसले चिर्नुपर्छ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् । काँग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताए ।
उनले भने, ‘विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।’ काँग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो ।
फरक प्रसङ्गमा उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताए । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे । काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिए । काँग्रेस जिल्ला सभापति जितप्रकाश आलेले काँग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण