पूर्व डीआईजी कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा
सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइराला विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । कोइरालाको मुद्दा पुनरावलोकनको निस्सा पाएर पूर्ण इजलासमा परेको थियो । यसअघि दुई न्यायाधीशको संयुक्त इजलासले सजाय घटाउने सम्बन्धमा फैसला गरेका कारण उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । उक्त निवेदनले पुनरावलोकन निस्सा पाएसँगै उक्त निवेदनमाथिको सुनुवाई कम्तिमा ३ न्यायाधीश रहने पूर्ण इजलासबाट फैसला सदर वा संशोधन गर्नुपर्ने हुन्छ ।
लामो समयपछि पेसीमा चढेको कोइरालाको मुद्दा बिहीबार न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासमा परेको थियो । तर कोइरालाको मुद्दा हाल सर्वोच्च अदालतमा रहेका ना न्यायाधीशहरूले हेर्न मिल्दैन । जसमा तेज बहादुर केसी, पुरुषोत्तम भण्डारी, वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा, चोलेन्द्र शम्शेर जबरा,डा.आनन्दमोहन भट्टराई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण