नेपालमा ९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप
नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो ।
चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ । चीन सरकारले पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बादेबाबु थापाले जानकारी दिए ।
नेपालमा हालसम्म कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ । तीमध्ये चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको हो । उनका अनुसार चीन सरकारसँग खरिद गरेर सरकारबाट सरकार (जिटुजी)मार्फत एक करोड, एशियाली विकास बैंकको ऋण सहायतामा ५९ लाख ३६ हजार ४००, अनुदानमा ३४ लाख मात्रा खोप उपलब्ध गराएको हो । यस्तै एक लाख चिनियाँ रेडक्रमले नेपाल रेडक्रसलाई र तीन लाख मात्रा चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ ।
नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ । चीनसहित छिमेकी मुलुक भारत, अमेरिका, जापानलगायत देशले पनि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएका छन् ।
यस्तै चीन सरकारले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्नसमेत सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण