पल प्रकरणमा यी वकिल, जसले गरे पीडितको पक्षमा बहस
बलात्कारसम्बन्धी मुद्दामा नायक पल शाहको विपक्षमा थुनछेक प्रयोजनार्थ सरकारको तर्फबाट तनहुँ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा एवं सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गरेका छन् । यसैगरी जाहेरवालाको तर्फबाट अधिवक्ताहरू एक नारायण गौतम, मोहना अन्सारी, शिवराज काफ्ले, किशोर सापकोटा, राधिका खतिवडा, विमल प्रसाद लामिछाने र सरिता तिवारीले बहस गरेका छन् ।
यस्तै शाहको पक्षमा भने वरिष्ठ अधिवक्ता लव मैनाली, कमलामोहन वाग्ले र यदुनाथ खनालले बहस गरेका छन् । यस्तै अधिवक्ताहरू परशुराम गिरी, जगदीशचन्द्र पाण्डे, यज्ञ बहादुर राना, भानुभक्त सुवेदी, गोकुल भण्डारी, सरिता थापा भण्डारी, माघब घिमिरे, रामचन्द्र (आर सी) गौतम र विपिन सुबेदीले पनि बहस गरेका छन् ।
अदालतले शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको भन्दै पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले सो आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण