पल प्रकरणमा यी वकिल, जसले गरे पीडितको पक्षमा बहस

बलात्कारसम्बन्धी मुद्दामा नायक पल शाहको विपक्षमा थुनछेक प्रयोजनार्थ सरकारको तर्फबाट तनहुँ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा एवं सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गरेका छन् । यसैगरी जाहेरवालाको तर्फबाट अधिवक्ताहरू एक नारायण गौतम, मोहना अन्सारी, शिवराज काफ्ले, किशोर सापकोटा, राधिका खतिवडा, विमल प्रसाद लामिछाने र सरिता तिवारीले बहस गरेका छन् ।
यस्तै शाहको पक्षमा भने वरिष्ठ अधिवक्ता लव मैनाली, कमलामोहन वाग्ले र यदुनाथ खनालले बहस गरेका छन् । यस्तै अधिवक्ताहरू परशुराम गिरी, जगदीशचन्द्र पाण्डे, यज्ञ बहादुर राना, भानुभक्त सुवेदी, गोकुल भण्डारी, सरिता थापा भण्डारी, माघब घिमिरे, रामचन्द्र (आर सी) गौतम र विपिन सुबेदीले पनि बहस गरेका छन् ।
अदालतले शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको भन्दै पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले सो आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा