सिरहामा आगलागी, तीन लाखभन्दा बढीको क्षति
शुक्रबार, ०८ मङ्सिर २०७४, ०९ : ४५
सिरहा - सिरहाको भगवानपुर गाउँपालिका ४ मा आज बिहान आगलागी हुँदा तीनलाख भन्दा बढीको क्षति भएको छ ।
स्थानीय श्रीलाल यादवको गोठबाट सुरु भएको आगोबाट तीन वटा घर जलेका छन् ।
विहान एक बजे आगलागी भएको रातोपाटी संवाददाताले बताए ।
आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात सहित तीन लाख मूल्य बराबरको सर सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय वासिन्दा, प्रहरी र दमकलको सहयोगमा बिहान ३ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण