शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीको तल्लो दर्जामा ३ पद थप्ने निर्णय कार्यान्वयनमा, एकैपटक ३ हजार बढुवा सिफारिस

शुक्रबार, ११ चैत २०७८, १३ : १५
शुक्रबार, ११ चैत २०७८

नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने निर्णय कार्यान्वयनमा आएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ एकैपटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संसोधन गरेर तल्लो तहमा ३ पद थप्ने निर्णय गरेको थियो । विधेयक समितिमा लामो छलफलपछि मन्त्रिपरिषद्ले प्रहरी नियमावली–०७१ लाई संसोधन गरेर सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले ‘ज्येष्ठता’लाई बढुवाको मुख्य आधार बनाउने गरी नियमावली संसोधन गरेको छ । बिहीबार १ सय ९१ जना नायव निरिक्षक (सई) लाई बरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई)मा बढुवा गर्न सिफारिस गरिएको छ । जेष्ठताका आधारमा वरिष्ठ सईमा १ हजार १ सय ७१ जनालाई बढुवा गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार बढुवा सिफारिस गरिएकाहरु पहिलो सूचीका हुन् ।

वरिष्ठ सईमा बढुवा सिफारिस सूची

प्रहरी प्रधान कार्यालयले हवल्दार पदमा कार्यरत ११७३ जनालाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । वरिष्ठ हवल्दारमा जेष्ठता कायम हुनेगरी पहिलो सूचीमा १ हजार १ सय ७३ जनालाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ हवल्दार पदमा ३ हजार ३८३ पद स्वीकृत भएको छ ।

वरिष्ठ हवल्दारमा बढुवा सिफारिस सूची

प्रहरी प्रधान कार्यालयले १ हजार ७५२ जना जवानलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । सहायक हवल्दारमा १४ हजार ५६७ पदमा बढुवा गर्न पद स्वीकृत भएको छ । २०५८ देखि २०६३ सम्म भर्ना भएकाहरुलाई पहिलो सूचीमा बढुवा गरिएको छ ।

सहायक हवल्दारको बढुवा सिफारिस सूची

मन्त्रिपरिषद्ले प्रहरी कार्यालय सहयोगीलाई ५ ग्रेड स्तरोन्नति गर्नेगरी नियमावली संसोधन गरेको छ । कार्यालय सहयोगीलाई ५ वर्षमा एक ग्रेड स्तरोन्नति गरेर २५ वर्षभन्दा धेरै समय जागिर खाएमा प्रहरी सहायक निरीक्षक (असई) बराबरको तलव र पेन्सन दिने निर्णय यसअघि नै राजपत्रमा प्रकाशन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप