केन्द्रीय कमिटीको बैठकमा देउवाले भने - चितवनमा निर्वाचन जितेर देखाउनुहोस्
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले चितवनमा निर्वाचन जितेर देखाउन चुनौति दिएका छन् । शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले राखेका धारणको जवाफ दिँदै देउवाले चितवनमा चुनाव जितेर देखाउन चुनौति दिएका हुन् ।
बैठकमा ६ प्रदेश सभापति, गण्डकीका मुख्यमन्त्री र २० जना केन्द्रीय सदस्य तथा जिल्लामा खटाइएका केन्द्रीय सदस्यको धारणापछि देउवाले आफ्नो धारणा राखेका थिए ।
‘चितवनमा काँग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन । जहिले हारेको हारेइ । कहिले जित्दा पनि जित्दैन । मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला।’ उनले भने, ‘ओलीको आतंक यति चाँडै बिर्सने । गठबन्धन बिना चुनाव जितेर देखाउनु । जितेन भने मैले जान्या छु । जितेन भने के गर्नु हुन्छ ?’ उनले आफूलाई देशभरीको सूचना रहेको बताए ।
उनले भने, ‘मलाई देशभरीको सूचना छ । गठबन्धनमा विरोध गर्नुस् तर भोलि जितेर देखाउनु पर्ला । ख्याल गरेर बोल्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण