बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रीय कमिटीको बैठकमा देउवाले भने - चितवनमा निर्वाचन जितेर देखाउनुहोस्

शुक्रबार, ११ चैत २०७८, १८ : ००
शुक्रबार, ११ चैत २०७८

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले चितवनमा निर्वाचन जितेर देखाउन चुनौति दिएका छन् । शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले राखेका धारणको जवाफ दिँदै देउवाले चितवनमा चुनाव जितेर देखाउन चुनौति दिएका हुन् ।

बैठकमा ६ प्रदेश सभापति, गण्डकीका मुख्यमन्त्री र २० जना केन्द्रीय सदस्य तथा जिल्लामा खटाइएका केन्द्रीय सदस्यको धारणापछि देउवाले आफ्नो धारणा राखेका थिए ।  

‘चितवनमा काँग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन । जहिले हारेको हारेइ । कहिले जित्दा पनि जित्दैन । मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला।’ उनले भने, ‘ओलीको आतंक यति चाँडै बिर्सने । गठबन्धन बिना चुनाव जितेर देखाउनु । जितेन भने मैले जान्या छु । जितेन भने के गर्नु हुन्छ ?’ उनले आफूलाई देशभरीको सूचना रहेको बताए ।

उनले भने, ‘मलाई देशभरीको सूचना छ । गठबन्धनमा विरोध गर्नुस् तर भोलि जितेर देखाउनु पर्ला । ख्याल गरेर बोल्नुहोस् ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप