माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा जाँदै
शनिबार, १२ चैत २०७८, ०७ : ५२
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज गाेरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।
प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धोका पाएको भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण