एक महिलालाई एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ
पर्सा जिल्लाको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि शुक्रबार राति एसिड प्रहार भएको छ । उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो । सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पीडितले उक्त घटनामा जेठाजु वीरगंजको श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएकी छन् । दुवैलाई वीरगंजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण