एक महिलालाई एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

पर्सा जिल्लाको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि शुक्रबार राति एसिड प्रहार भएको छ । उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एसिड प्रहार भएको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो । सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पीडितले उक्त घटनामा जेठाजु वीरगंजको श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएकी छन् । दुवैलाई वीरगंजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार