बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज : देवको पहिलो अर्धशतक

शनिबार, १२ चैत २०७८, ११ : ०७
शनिबार, १२ चैत २०७८

नेपालका युवा ब्याट्सम्यान देव खनालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।

उनीसँगै क्रिजमा रहेका दिपेन्द्र सिंह ऐरीले ४० रन बनाएका छन् । २४ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ९९ रन बनाएको छ ।

नेपालले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल रोयल डक भएका हुन् । उनलाई अलेइ नोवाले क्यच आउट गराएका हुन् ।

नेपालले तेस्रो ओभारको पहिलो बलमा दोस्रो विकेट गुमायो । नेपालका अनिल शाह उनलार्ई नोवाले क्याच आउट गराए । शाहले मात्र १ रन बनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप