आरआरआरको पहिलो दिनको कमाई कति ?
एसएस राजामौलीको बहुप्रतीक्षित फिल्म आरआरआरले पहिलो दिन लगभग १८ करोड (भारतीय रुपियाँ) कमाई गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । साउथ फिल्मका सुपरस्टार जुनियर एनटीआर र रामचरण साथै बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म आरआरआरले विश्वभरबाट कमाई गरिरहेको छ ।
बाहुबलीपछि फिल्म आरआरआर निर्माण गरेका राजामौलीको यो फिल्मले विश्वभर तारिफ मात्रै होइन बम्बर कमाई पनि गरिरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलिया लगायतका देशहरुमा सर्वाधिक कमाई गरेको छ ।
‘RRR’: IT’S A TSUNAMI… #RRR takes an EARTH-SHATTERING START in USA… Preview screenings [Thu]…
— taran adarsh (@taran_adarsh) March 25, 2022
⭐️ #USA: $ 3,198,766
⭐️ #Canada: $ 270,361
⭐️ #NorthAmerica [#USA + #Canada]: $ 3,469,127 [₹ 26.46 cr]
⭐️ #UK: £ 238,313 [₹ 2.40 cr]
⭐️ #Australia, #NZ [Fri] PHENOMENAL.@comScore pic.twitter.com/z5Q3EyW1sS
यस्तै, भारतीय इन्टरटेन्टमेन्ट इन्डस्ट्री ट्र्याकर रमेश बालाले फिल्मले भारतको दक्षिण क्षेत्रमा मात्र नभई विश्वका अन्य देशमा पनि अत्यधिक कमाई गरिरहेको बताएका छन् ।
#RRR is off to a strong start at #Australia and #NewZealand Box office..
— Ramesh Bala (@rameshlaus) March 26, 2022
Day 1 Gross :
Australia - A$702,480
New Zealand - NZ$69,741
राजामौलीको फिल्म आरआरआरले पहिलो दिनमा नै अत्यधिक कमाई गरेपछि आन्ध्रा बक्स अफिसको रिपोर्टले बाहुबलीपछि आरआरआर पहिलो दिन २ सय करोडको आकलन जम्मा गर्ने फिल्म बन्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण