बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालविरुद्धको सिरिजमा पीएनजीद्वारा ‘क्लिन स्विप’

शनिबार, १२ चैत २०७८, १७ : १८
शनिबार, १२ चैत २०७८

नेपाल विरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्युगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । शनिबार भएको सिरिजको अन्तिम खेलमा नेपाल ३ विकेटले पराजित भयो । पीएनजीले सिरिजको पहिलो खेलमा नेपालमाथि ६ रनको जित निकालको थियो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै २८३ रन बनायो । पीएनजीका लागि लिगा सिकाले ९० रनको अर्धशतकीय पारी खेले । १०२ बल खेलेका उनले रन बनाए ।

उनलाई नेपालका पवन सरार्फ ३३ औं ओभरको चौथो बलमा बोल्ड आउट गराए । पीएनजीका लागि रिले हेकुरेले ४८ बनाए ।  सेसे बाउले ३८ रन बनाए । उनी ३७ औं ओभरको दोस्रो बलमा एलबीडब्लू आउट भए । उनलाई पवव सरार्फले आउट गराए ।

पीएनजीले ४४औं ओभरको अन्तिम बलमा आफ्नो सातौं विकेट गुमयो । नेपालका आरिफ सेखले नोरमान भानुवालाई क्याच आउट गराए । यसअघि पीएनजीले ४३औं ओभरका पाँचौं बलमा आफ्नो छैटौं विकेट गुमायो । पीएनजीका हिरि हिरि १३ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीले क्याच आउट गराए ।

पीएनजीले १३औं ओभरको पहलिो बलमा आफ्नो तेस्रो विकेट गुमाएको थियो । पीएनजीका कार्लेस अमिनीलाई सन्दीपले ३५ रनमा एलबीडब्लू आउट गराए । सन्दीपले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० औं विकेटको रुपमा उनलाई आउट गराए ।

योसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम इनिङ्समा ५० रन बनाउने विश्वकै दोस्रो खेलाडी बने । उनले २२ खेलमा ५० विकेट लिए । पीएनजीले दोस्रो ओभरमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरको दोस्रो बलमा टोली उरालाई सोमपाल कामीले क्याच आउट गराएका थिए ।

सोही ओभरको तेस्रो बलमा असाड भालालाई पनि सोमपालले क्याच आउट गराए ।  टस जितेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो ।   नेपालका लागि दिपेन्द्रले १०५ रनको शतकीय पारी खेले । १४० बल खेलेका उनले ७ चौका प्रहार गरे ।

दिपेन्द्र ४८ औं ओभरको पहिलो बलमा आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट भए । नेपालका लागि देव खनालले एक दिवसीयमा पहिलो अर्धशतक प्रहार गरे । ८६ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ७२ रन बनाए ।

देव ३१ औं ओभरको दोस्रो बलमा क्याच आउट भए । उनलाई पीएनजीका कार्लेश एमिनीले क्याच आउट गराए । नेपालका लागि दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गरे । तेस्रो विकेटका लागि उनीहरुले १२९ रनको साझेदारी गरे ।

नेपालका लागि १२९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्मकै सर्वाधिक साझेदारी हो । यसअघि शुक्रबार भएको खेलमा आरिफ शेख र रोहित कुमार पौड्यालले १०४ रनको साझेदारी गरेका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । नेपालले ४८ औं ओभरको दोस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । नेपालका भिम सार्की २६ रन बनाएर आउट भए । सोही ओभरको अन्तिम बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका आरिफ शेख ४ रन बनाएर रन आउट भए ।

४९ औं ओभरको पहिलो बलमा नेपालले आफ्नो आठौं विकेट गुमायो । नेपालका पवन सरार्फ खाता नखोली पेवेलियन फर्कीए । यसअघि नेपालले ४० ओभरको चौथो बलमा आफ्नो चौथो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यल ३५ रन बनाएर पेवेलियन फर्किए । उनलाई काड सोपरले बोल्ड आउट गराए ।

नेपालले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल रोयल डक भएका हुन् । उनलाई अलेइ नोवाले क्यच आउट गराएका हुन् । नेपालले तेस्रो ओभारको पहिलो बलमा दोस्रो विकेट गुमायो । नेपालका अनिल शाह उनलार्ई नोवाले क्याच आउट गराए । शाहले मात्र १ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप