ताप्लेजुङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, एक गम्भीर घाइते
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० मा शनिवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दाउरा लिएर सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङलिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए । घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा विशेष राई रहेको प्रहरीले जनाएको छ ।
घाइते राई उपचारको लागि झापामा रिफर गरिएको प्रहरीले जनाएको छ । सामान्य घाइते अन्य दुई जना प्राथमिक उपचार पछि घर फर्केको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण