सांसद पदबहालीको माग गर्दै दायर रिटको सुनुवाइ राउत र चुडालको इजलासमा
सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा। कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ ।
रिट निवेदक विजयबहादुर यादव हुन् । १५ साउनमा उनी पदमुक्त भएका थिए । उनलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोही अनुसार उनी पदमुक्त भए ।
पदमुक्त गर्ने प्रदेश संसद् सचिवालय लुम्बिनीको कदमविरुद्ध उनले १७ साउनमा रिट दर्ता गराएका थिए । रिटमार्फत् उनले सांसद पदबहालीको माग गरेका छन् । रिटको प्रारम्भिक सुनुवाइ गर्दै २५ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लुम्बिनी प्रदेश संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेका थिए ।
गत ७ चैतमा भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा.कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्नुपर्ने निर्णय गरेको थियो । यादवसँगै तत्कालीन जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय पनि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएर सरकार जोगाइदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण