यात्रुबाहक बस पल्टिँदा ४ जनाको मृत्यु, ३२ जना घाइते
सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईँले रातोपाटीलाई जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।
मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक समय पनि दुई घण्टा सारियो
-
राजेशपायलले मस्कटमा गुन्जाए दर्जन गीत
-
‘गिरीबन्धु टी–स्टेटको जग्गाबारे निर्णय नीतिगत भ्रष्टाचार हो, छानबिन हुनुपर्छ’
-
मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा
-
तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक