शिवम् सिमेन्टद्वारा चरिकोटमा ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न
शिवम् सिमेन्टले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसँग “ग्राहक अन्तक्रिया” कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी विभिन्न निकायका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरू उपस्थित रहेका थिए ।
चरिकोटस्थित होटल एम्ब्रोसियाको हलमा संचालित उक्त कार्यक्रममा मालपोत कार्यलय प्रमुख, नापि विभाग नि. प्रमुख, भवन तथा पुनर्निर्माण कार्यलयका इन्जिनियर तथा मालपोत कार्यलयमा कार्यरत अमिन सहितको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए ।
उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्य गर्दा दिनहु आइपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।
सिमेन्टले ग्राहकहरूसंग अझ बढि अन्तर सम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुवात गरेको जनाएको छ । यस अघि देशका विभिन्न स्थानका निर्माण कर्मी (मेशन) हरुलाई अन्तक्रिया कार्यक्रम दिँदै आईरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण