छात्राहरूमा बढ्दै गएको यौन हिंसा रोक्न प्रशासनको ध्यानाकर्षण
शिक्षालयमा अध्ययनरत छात्राहरूमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समय देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत छात्राहरू यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो ।
केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरूमाथि यौन हिंसा भयो । त्यस्तै विद्यालयमा पनि किशोरी सुरक्षित छैनन् । यसैबीच शिक्षालयका छात्राहरूमा हुने यौन हिंसा न्यूनीकरण गर्न माग गर्दै अखिल (क्रान्तिकारी)को छात्रा विभागद्वारा जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानाकर्षण गराइएको छ ।
छात्रा विभागकी प्रमुखलाई सावित्री अधिकारीले प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, 'पछिल्लो समय देशभर शिक्षालयमा छात्राहरू विभिन्न खाले हिंसाका सिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमुख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् ।'
सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सही तरिकाले कार्यान्वयन नहुनु प्रमुख समस्या रहेको छ । छात्राहरूमा हुने हिंसा न्यूनीकरणमा प्रहरी प्रशासनको विशेष ध्यान जावस् । आपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ स्थानीय तहदेखि तीनै तहमा ठोस नीति बनाउनु पर्ने र अपराधीहरूमाथि कडाभन्दा कडा कारबाहीको माग गर्न ध्यानाकर्षण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण