‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक
उद्धवप्रसाद नेपालद्वारा लिखित ‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा सो पुस्तक सार्वजनिक गरेका हुन् ।
सोही समारोहका सभापति तथा विश्व रेकर्ड कायम गरेका गीतकार हरि गोपाल प्रधानलाई शब्दयात्रा विशेष सम्मान, भरत जङ्गमलाई सिर्जना सम्मान, गीता केशरीलाई प्रशासनिक महिला प्रतिभा सम्मान, प्रा. डा. जगदीश वैद्यलाई सामाजिक जागरण सम्मान, प्रा. डा. टङ्कनाथ शर्मालाई शिक्षा सम्मान, प्रा. डा. रमेशकुमार मास्केलाई विज्ञान–प्रविधि सम्मान, शरच्चन्द्र वस्तीलाई स्तम्भकार सम्मान, तिलकप्रसाद लुइँटेललाई राष्ट्रझङ्कार सम्मान, प्रा. डा. नन्दीश अधिकारीलाई शिक्षक सम्मान र निर्मला श्रेष्ठलाई शोध सम्मान समर्पण गरिएको प्रकाशनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण