काँग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो पौने १ बजेबाट सुरु भएको हो । आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने प्रवक्ता डा। प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्
साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने प्रवक्ता महतले बताए ।
सभापति शेरबहादुर देउवा निकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । बैठकमा संसदीय समिति गठबन्धनको एजेण्डा रहेपनि छलफल गठबन्धन केन्द्रित छ । प्रवक्ता महतले भने, संसदीय समिति गठन गर्ने विषय बैठकको एजेण्डामा छ । आजै गठन हुने नहुने टुंगो छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकासँग प्रस्ताव फेर्न आग्रह गर्दै हमास
-
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
-
राइड सेयरिङ तनाव : सरकार-व्यवसायी अडानले मर्कामा यात्रु
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार