छाङ्गरुमा टेलिफोन सेवा अवरुद्ध
सोमबार, १४ चैत २०७८, १३ : ४१
व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ ।
हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताए । “नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन”, गुरुङले भने, “हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिएला, सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालन गरिएको छ ।”
सशस्त्र प्रहरीले पनि महिनौँ दिन सञ्चारविहीन हुनुपरेको थियो । अहिले कार्यालय प्रमुख गुरुङले आफैँ छाङ्गरु पुुगेर सशस्त्र प्रहरीको फोन लाइन सञ्चालन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण