मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने

सोमबार, १४ चैत २०७८, २३ : ०२
सोमबार, १४ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । 

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि रहने छिन् । भ्रमण दलमा परराष्ट्र मन्त्री डा.नारायण खड्का, अन्य मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले दोस्रो राष्ट्रमा गर्न लागेको यो पहिलो औपचारिक भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले चैत १९ गते उपराष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । 

नयाँ दिल्लीमा राजनीतिक भेटवार्ताका साथै प्रधानमन्त्री उत्तर प्रदेशको वरानसी पनि जाने भारतीय विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप