तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड
सोमबार, १४ चैत २०७८, १४ : ४९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताएका छन् । सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष दाहालले गठबन्धन तीनै तहको निर्वाचनमा हुने बताए ।
१२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षर कर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए ।
उनले रोल्पाले माओवादी युद्धको मात्र नभइ विकासको पनि नेतृत्व गरिरहेको बताए । आन्दोलनको समयमा अफ्ठ्यारो पर्दा आफू रोल्पा आउने गरेको बताउँदै उनले १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्न रोल्पाबाट नै गएको बताए । उनले भ्युटावरले जनयुद्ध संग्रहालयको पनि काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण