संसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा
सोमबार, १४ चैत २०७८, ०९ : ००

नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ । छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ। संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने बाँकी पूर्व पदाधिकारीलाई समेटिने छ । कार्यसम्पादन समितिमा २८ नम्बरमा रहेका कोइरालाई २५ सदस्यीय संसदीय समितिको समेट्ने जोडबल भइरहेको छ। त्यसका लागि पूर्व पदाधिकारीलाई हटाएर अगाडि राख्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै