स्थानीय तहदेखि नै काँग्रेस बलियो भएर आउनुपर्छ : सहमहामन्त्री आङ्देम्बे
नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै काँग्रेस बलियो भएर आउनुपर्ने बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय समिति बैठकमा उनले स्थानीय तहमा गठबन्धन गरेर बलियो पार्टी भए प्रदेश र संघीय निर्वाचनलाई सकारात्मक प्रभाव पार्ने तर्क गरे ।
बैठकमा उनले भनेका छन्, `गठबन्धन गर्दा काँँग्रेस आईको हालत हुन्छ भन्ने सुन्छु तर, स्थानीय तहमा गठबन्धन नहुँदा नेमकिपा र जनमोर्चाको जस्तो हालत हुन्छ । मलाई चिन्ता यहाँनिर छ । आदर्शले रमाइलो त होला तर धरातलीय यथार्थ फरक छ । र, म जोड दिएर भन्छु-स्थानीय तहमा कांग्रेस बलियो गठबन्धनले हुन्छ र त्यसको असर प्रदेश र संघको निर्वाचनमा पर्छ ।´
नेकपा विभाजन भएर तीन टुक्रा भएको अवस्थामा काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने र गठबन्धन गरिए काँग्रेस आईको हालत व्यहोर्नुपर्ने केही नेताले भनिरहँदा सहमहामन्त्री आङ्देम्बेको यो जवाफ आएको हो ।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीले निर्वाचनमा गठबन्धन अनिवार्य रहेको बताउँदै आएका छन् । काँग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सत्तारूढ दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतसँग गर्ने हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण