कर्णालीमा १० लाख १२८२ मतदाता, ९०७ मतदानस्थल
कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ जनाले मतदाता रहेका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी सुर्खेतमा २ लाख लाख ३८ हजार ४५७ जना मतदाता रहेका छन् ।
यस्तै सल्यानमा एक लाख ५७ हजार ७१५, डोल्पामा २२ हजार ४४०, मुगुमा ३५ हजार ८९, जुम्लामा ६७ हजार ७४४, कालीकोटमा ८० हजार ४१६, हुम्लामा ३२ हजार ५८१, जाजरकोटमा एक लाख तीन हजार ८६९, दैलेखमा एक लाख ५८ हजार ४८९, रुकुमपश्चिममा एक लाख चार हजार ४८२ जना मतदाता रहेका छन् ।
यस्तै सबैभन्दा कम मतदाता संख्या हुने स्थानीय तहमध्ये डोल्पाको छार्काताङसोङ गाउँपालिकामा ९६७ जना रहेका छन । जिल्लामा पनि सबैभन्दा कम डोल्पालाई नै राखेको छ। आयोगका अनुसार कर्णालीमा ९०७ मतदान स्थल र एक हजार ३८५ मतदान केन्द्र रहेका छन् । आयोगले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन लक्षित मतदाता, मतदान स्थल र मतदान केन्द्रको तथ्याङ्क सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण