भीमेश्वर नगरपालिकामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
सोमबार, १४ चैत २०७८, १९ : ३९
नेपाल बैंकले आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखाको चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा गरे ।
समुद्घघाटन समारोहको अध्यक्षता बैंकको प्रादेशिक कार्यालय, बागमती प्रदेशका प्रमुख विनय केसरी पौड्यालले गरेका थिए भने कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायत दोलखा स्थित सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका अगुवा, बैंक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण