काँग्रेस संसदीय समिति गठन भोलि, शेखरलाई समेट्न देउवा सहमत

नेपाली काँग्रेसले संसदीय समिति गठनको तयारी थालेको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच मंगलबार संसदीय समिति गठन गर्ने सहमति भएको छ ।
काँग्रेसमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ । उम्मेदवार छान्नका लागि काँग्रेसले १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समिति बनाउने छ । भोलिको बैठकले केन्द्रीय संसदीय समिति गठन गर्न लागेको महामन्त्री विश्वप्रकाश शर्माले बताए । बाँकी समिति पार्टीको सम्बन्धित कार्यसमितिले गठन गर्ने छ ।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरुले राखिसकेपछि संसदीय समिति गठन गर्न लागिएको हो । सोमबार साँझ पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले शेखर कोइरालालाई समेत समेटेर संसदीय समिति बनाउने सहमति जुटाएको छ । काँग्रेसको विधान अनुसार संसदीय समिति २५ सदस्यीय बनाउनुपर्ने व्यवस्था छ । जसमा पार्टीका १४ जना पदाधिकारी पदेन सदस्य हुने व्यवस्था छ । बाँकी ११ जना सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने विधानमा व्यवस्था छ । सभापतिले ११ जनाको नाम प्रस्ताव गर्दा समावेशी सिद्धान्तलाई ध्यानमा राखी गर्नु पर्नेछ ।
सभापति शेरबहादुर देउवाले भोलि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. शेखर कोइरालासँगको नाम प्रस्ताव गर्ने बुझिएको छ । बाँकी सदस्य पछि थप्ने गरी संसदीय समिति गठन गर्ने सहमति भएको एक पदाधिकारीले रातोपाटीलाई बताए ।
पार्टी वरियता अनुसार नेता शेखर कोइराला संसदीय समितिमा अटाउने सम्भावना छैन । तर शेखरलाई पनि संसदीय समितिमा समेट्न देउवा तयार भएको ती पदाधिकारीको भनाइ छ । एक पदाधिकारीले भने, 'भोलि संसदीय समिति गठन हुन्छ । सभापतिले ८, १० जनाको नाम बैठकमा प्रस्ताव गर्नुहुन्छ । त्यसमा शेखर डाक्टरसाप पनि समेटिनु हुन्छ । सभापतिले बाँकी पछि थप्नुहुन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो