बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनएका अध्यक्षत्रयले सम्हाले नेतृत्व

सोमबार, १४ चैत २०७८, २० : ११
सोमबार, १४ चैत २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।

उनले तीनै जना अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ समेत गराइएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप